neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपियो

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपियो

Aug 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १० भदौ

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय भदौ १७ गते राति १२ बजेसम्म (थप एक साता) बढाउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी एक साताका लागि निषेधको आदेश थप गरिएको जनाएको छ । सोमवार उपत्यका नगरपालिका फोरमको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको थियो।

यसअघि भदौ ३ गतेदेखि मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा आज राती १२ बजे सकिँदै छ। कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले त्यसलाई रोक्न निषेधाज्ञाको समय थपिएको हो । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि प्रशासनले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।

कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो । यस अबधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यका भित्र सवारी प्रवेशमा समेत निशेष गरिएको छ । निषेधाज्ञाको समयमा पानी र औषधीजन्य सामग्रीका व्यवसाय चौविसै घण्टा खुला गर्न पाइने र अन्य खाद्यान्न, तरकारी, फलफूल तथा दुग्धजन्य खाद्य पदार्थका व्यवसाय भने विहान ९ :१५ सम्म मात्रै सञ्चालन गर्न पाइने काठमाडौँ प्रशासनले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi