neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको १५ वटा डिसहोमको छातासहित पक्राउ

एपीएफ टोलीद्वारा चोरीपैठारीको १५ वटा डिसहोमको छातासहित पक्राउ

Aug 26th, 2020

बारा, भदौ १०

बारा जिल्लाको महागढीमाई नगरपालिका ९ कञ्चनपुरबाट भाद्र ८ गते एपीएफ टोलीले चोरीपैठारीको १५ वटा डिसहोमको छातासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको करैयामाई गाउँपालिका ३ गोलापट्टि बस्ने २८ वर्षिय दिलीपकुमार हजरा छन् ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश तेलकुवाबाट खटिएको एपीएफ टोलीले उनलाई चोरीपैठारी गरी उक्त सामान नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका निज हजरालाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi