neapl investment mega bank
  • गृहपृष्ठ
  • धारिलो हतियार लिई त्रसित बनाउने ३ जना पक्राउ

धारिलो हतियार लिई त्रसित बनाउने ३ जना पक्राउ

Aug 25th, 2020

सुनसरी, ९ भदौ

धरान उपमाहानगरपालिका-१५ बगरकोटस्थित सेउती खोलाको पुल नजिकबाट खुकुरी, छुरी लगायतका धारिलो हतियार लिई त्रास फैलाउने ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-१५ बस्ने २९ वर्षीय सुजन राई, १९ वर्षीय सुसन राई र २३ वर्षीय मनिष भुजेल रहेका छन् ।

सोही उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय रोसन बिश्वकर्मालाई खुकुरी र चक्कु देखाई कुटपिट गरेको भन्ने सूचना पाएपछि खोजी गर्ने क्रममा खुकुरी र चक्कु बोकी सार्वजनिक स्थलमा स्थानीयलाई त्रसित तुल्याईरहेको अवस्थामा फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi