neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु , उपत्यकामा ३

नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु , उपत्यकामा ३

Aug 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,९ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप सात जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरूष छन्।

मृत्यु हुनेमध्ये काठमाडौंका २ जना पुरूष र एक महिला, सिराहाका एक पुरूष, पर्साका एक पुरूष, धनुषाका एक पुरूष र रूपन्देहीका एक जना पुरूष रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १६४ पुगेको छ । यसअघि सोमबार नेपालमा कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi