आधारभूमि संवाददाता
काठमाडौँ,९ भदौ
काठमाडौंमा थप २३२ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा २३२ जनाको पिसिआर पोजेटिभ आएको बताए ।
नयाँ संक्रमितमा काठमाडौंका १९९ ,भक्तपुरका १४ र ललितपुरका १९ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।यसअघि सोमबार उपत्यकामा २२४ संक्रमित थपिएका थिए।
नेपालमा आइतबार थप ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा
३१३ जनाले कोरोना जितेका छन् ।विगत २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ।