neapl investment mega bank

तास खेलिरहेको अवस्थामा चार जना पक्राउ

Aug 25th, 2020

कैलाली, भदौ ९

धनगढी उपमहानरगपालिका ३ बडराबाट तास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका २ बस्ने ३८ वर्षीय सम्राट सिंह लगायत ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित रतन केसीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ४५ हजार ५ सय रुपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi