neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाही माग

स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाही माग

Aug 25th, 2020

काठमाडौँ, ९ भदौ /रासस

राष्ट्रिय जनमोर्चाले कोरोना महामारीमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी कोरोना रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सकारात्मक मान्दै यसमा सबैको साथ र समर्थन आवश्यक हुने भएकाले चिकित्सकमाथिको दुव्र्यवहारको विरोध गर्नुभयो । हाल विभिन्न ठाउँमा चिकित्सकमाथि दुव्र्यवहारका समाचार आइरहेको छन् ।

“स्वास्थ्यकर्मीलाई डेरा, होटल तथा टोलमा बस्न नदिने र उनीहरुमाथि दुव्र्यवहार गर्ने कुरा सही होइन । त्यसको हामी विरोध गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ, “त्यस प्रकारको व्यवहार गर्नेलाई कारबाही हुनुपर्दछ । स्वास्थ्यकर्मीलाई त्यस प्रकारको व्यवहारबाट रक्षा गर्न र चुनौतीपूर्ण घडीमा पनि उनीहरुको सेवाको कदर गर्दै आवश्यक सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछौँ ।” विज्ञप्तिमा मुलुकको राष्ट्रिय झण्डा जलाएर साम्प्रदायिक सद्भाव बिथोल्न खोज्नेलाई पनि कारबाहीको माग गरिएको छ ।