neapl investment mega bank
  • गृहपृष्ठ
  • रुपन्देहीमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

रुपन्देहीमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

Aug 25th, 2020

खस्यौली, ९ भदौ /रासस

रुपन्देहीको गैडहवा गाउँपालिका­ ३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उहाँको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो ।

बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर घाइते भएका उहाँको टाउकामा गम्भीर चोट लागेको थियो । टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्न उहाँको पिसीआर परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले बताउनुभयो । कोरोना पोजेटिभ देखिएपछि उहाँलाई भैरहवा युनिभर्सल मेडिकल कलेजबाट भीम अस्पताल ल्याइएको थियो । उहाँको मृत्युसँगै रुपन्देहीमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ भने कोरोना सङ्क्रमित ६७४ छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi