neapl investment mega bank

एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ

Aug 24th, 2020

इलाम, भदौ ८

इलाम जिल्लाको चुलाचुली गाउँपालिका ५ चपेटीबाट भाद्र ८ गते एपीएफ टोलीले करीव दुई के.जी. गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको माङ्सेबुङ गाउँपालिका ५ बस्ने १९ वर्षिय प्रेम राई र अमिर लिम्बु छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश चुलाचुलीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको गाँजा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi