neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरीलाई कुटपिट गरी अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

प्रहरीलाई कुटपिट गरी अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

Aug 24th, 2020

कञ्चनपुर, भदौ ८

प्रहरी कर्मचारीलाई कुटपिट गरी अभद्र व्यवहार गरेको अभियोगमा महाकाली नगरपालिका-८ सुन्दरनगर बस्ने २० वर्षीय राजेश सुनार लगायत चार जनालाई सोही नगरपालिका सुन्दरनगर पुलबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिकास्थित शिव मन्दिर नजिक देउराली घाट बस्ने ३५ वर्षीय गणेश खत्रीलाई कुटपिट गरेको घटनामा संलग्नलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । खत्री कुटपिटबाट बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाएकोमा थप उपचारको लागि धनगढी रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi