neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना कहरः स्थानीय तरकारीले बजार पायो

कोरोना कहरः स्थानीय तरकारीले बजार पायो

Aug 24th, 2020

महेन्द्रनगर, ८ भदौं /रासस

लकडाउनयताका चार महिना बजारमा स्थानीय उत्पादनले बजार पाएको छ । विगतमा सिमावर्ती भारतीय बजार बनबासा र खटिमाबाट आउने तरकारी कञ्चनपुरको महेन्द्रनगर बढी पाइन्थ्यो भने पछिल्लो समय तरकारीमा परनिर्भरता ह्वात्तै घटेको छ ।

गत चैत दोस्रो सातादेखी लकडाउन भएर नेपाल–भारत सीमानाका बन्द हुँदा बजारमा तरकारीको कुनै अभाव देखिएन् । कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले लकडाउनयताका चार महिना बजारमा स्थानीय उत्पादनले बजार पाएको बताउनुभयो । “लकडाउनमा सवारी नचल्दा चैत वैशाखमा यहाँका किसानले फलाएको तरकारी बजारसम्म बजार पु¥याउन गाह्रो भयो”, अध्यक्ष सोनारले भन्नुभयो, “लकडाउनले हामी तरकारीमा आत्मनिर्भर भइसकेको रहेछौं भन्ने थाहा भयो ।”

उहाँले किसानहरुले उत्पादन गरेको तरकारी काठमाण्डौं, बुटवल लगायतका शहरहरुमा निर्यात गर्न नसक्दा किसानहरुले नोक्सानी व्यहोरोको बताउनुभयो । “बगरको लौकी त बगरमा सड्यो पनि”, उहाँले भन्नुभयो–“आलु र प्याज भारतबाट ल्याउने गरेको भएपनि अरु सबै प्रकारको तरकारी कञ्चनपुरमै प्रशस्त पाउन थालेको छ ।”

महेन्द्रनगरस्थित मण्डीमा वार्षिक ७/८ टन तरकारी खपत हुने गरेको सोनारको भनाइ छ । उहाँले स्थानीय प्रशासनले कञ्चनपुरमा कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएपनि बिहान र साझँ तरकारी बिक्री वितरणमा सहज भएको बताउनुभयो । “तरकारी बिक्रेताले पनि सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा सामाग्रीहरु प्रयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “किसानको खेतमा फलेको तरकारी बजारससम्म सहज ढुवानी गर्न दिन पनि प्रशासनले सहयोग गर्नुपर्ने हुन्छ ।”

त्यसैगरी १२ वर्षदेखि कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटामा व्यावसायिक तरकारी खेती गर्दै आएका ख्यालीराम बर्माले बजारमा अहिले तरकारीको बिउबिजन पाउन छाडेको बताउनुभयो । उहाँले लकडाउन अवधिमा तरकारी बिक्री गर्न नपाएर रु २ लाख घाटा भएको बताउनुभयो । “अहिले पनि बजारमा काउली, टमाटरको बीउ पाइरहेको छैन”, शर्माले भन्नुभयो, “भारतबाट तरकारी खेतीमा काम गर्न मजदुर ल्याउन नपाउँदा तरकारी खेती थोरै जमिनमा मात्रै गर्ने योजनामा छु ।”

तीन बिघा खेतमा तरकारी खेती गर्दै आउनुभएका बर्माले अहिले दश कठ्ठामा मात्रै तरकारी खेती गर्ने तयारीमा गरिरहेको बताउनुभयो । “सिमावर्ती भारतीय बजार बनबासा र खटिमामा बीउ पाउथ्यो”, उहाँले भन्नुभयो, “सीमानाका बन्द हुँदा बीउ ल्याउन सम्भव छैन ।” उहाँले लकडाउनको अवधिमा महेन्द्रनगर र आसपासको क्षेत्रमा जग्गा लिजमा लिएर तरकारी खेती गर्दै आएका केही भारतीय किसान स्वदेश फर्किएको समेत बताउनुभयो ।

त्यसैगरी कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले कञ्चनपुरमा व्यावसायिक रुपमा तरकारी खेती बढिरहेको बताउनुभयो । “हामी तरकारीको बिउबिजनमा परनिर्भर छौं”, उहाँले भन्नुभयो, “लकडाउन भएपनि तरकारीको उत्पादनमा बाधा पुगेको छैन ।” उहाँले कञ्चनपुरमा हिउँदे र बर्खे गरेर ४ हजार ४ सय हेक्टरमा तरकारी खेती भइरहेको बताउनुभयो । “ धान, गहुँ खेती छाडेर किसानहरु नगदे बालीका रुपमा तरकारी खेती गरिरहेको पनि पाइएको छ”, उहाँले भन्नुभयो, “तरकारीको उत्पादकत्व बढाउने र क्षेत्र विस्तार गर्ने कार्यक्रमहरु समेत सरकारले ल्याएको छ ।” उहाँले भारतबाट तरकारी आयात नहुँदा पनि बजारमा तरकारीको अभाव नरहेको बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi