neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु ,मृतकको संख्या १५७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु ,मृतकको संख्या १५७ पुग्यो

Aug 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,८ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमध्ये सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला,रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi