आधारभूमि संवाददाता
काठमाडौँ,७ भदौ
नेपालमा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।
आइतबार मृत्यु हुनेमध्ये २ महिला र एक पुरुष रहेका छन् । मृत्यु हुनेमा पर्साकि ५६ वर्षीय महिला ,सर्लाहीकि ३३ वर्षीय महिला र झापाका ५८ वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ ।
नेपालमा आइतबार थप ८१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २८१ जनाले कोरोना जितेका छन् । त्यस्तै विगत २४ घण्टामा थप ३ जनामा मृतकमा कोरोना पुष्टि भएको छ। हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।
देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।