neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए १६६ संक्रमित

Aug 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,७भदौ

काठमाडौंमा थप १६६ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १६६ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १२६,भक्तपुरका २८ र ललितपुरका १२ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।यसअघि शनिबार उपत्यकामा २ सय १६ संक्रमित थपिएका थिए।

नेपालमा आइतबार  थप ८१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा
२८१ जनाले कोरोना जितेका छन् । त्यस्तै विगत २४ घण्टामा थप ३ जनामा मृतकमा कोरोना पुष्टि भएको छ। हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।
देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi