neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतीय ट्रकमा फल्स बनाई राजश्व छली गरेको अभियोगमा तीन करोड बिगो सहित मुद्धा

भारतीय ट्रकमा फल्स बनाई राजश्व छली गरेको अभियोगमा तीन करोड बिगो सहित मुद्धा

Aug 23rd, 2020

ललितपुर, भदौ ७

भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) वनाई राजश्व छली गरेको अभियोगमा राजश्व अनुुसन्धान बिभाग हरिहर भवन पुल्चोकले दुुई व्यक्ति उपर मुद्धा दायर गरेको छ ।

बिभागका अनुसार राजश्व छली गरेको अभियोगमा रजनिश कुमार गुप्तार र राजु थापा भन्नेट राजेन्द्र थापा समेत छ जनाले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसूर गरेको अभियोगमा तीन करोड १९ लाख ७७ हजार तीन सय ७२ रुपैउाँ विगो कायम गरी उक्त विगो असूल उपर गरी जरिवाना र कैद समेतको माग दावी लिई ति व्यक्तिहरुबिरुद्ध शुुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।

बिभागका अनुसार प्रतिवादीहरु बीरगञ्ज उप महानगरपालिका वडा नं. १० स्थायी ठेगाना भएका रजनिश कुमार गुप्ता, खैरहनी न.पा. ३ चितवन, स्थायी ठेगाना भएकाराजु थापा भन्ने राजेन्द्र थापा समेतले भारतबाट भन्सार जाँचपासको लागि मालवस्तु लिई आउने ट्रकभित्र फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाई भारतीय कपडाहरु लुकाई छिपाई चोरी पैठारी गरि राजस्व चुहावट तथा छलि गरेको देखिएको थियो ।

उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेधित गरेको दफा ४ को खण्ड (क),(ख),(छ) र (झ) बमोजिमको कसुरजन्य कार्य गरेकोले उक्त कार्यमा मालवस्तु ढुवानीकर्ता नेपाल लजिष्टिकका संचालक राजेन्द्र प्रसाद गुप्ता र बरामद मालवस्तु भएको ट्रकका चालक सुनिल कुमारको हकमा बरामद मालवस्तुको मूल्य ५३ लाख २९ हजार पाँच सय ६२ मात्र विगो कायम गरी राजस्व चुहावट( अनुसन्धान तथा नियन्त्रण) ऐन,२०५२ को दफा २३(१) बमोजिम जरिवाना तथा कैद सजाय हुन तथा अन्य प्रतिवादीहरु बारा जिल्ला कलैया नगरपालिका वार्ड नं. ८ आदर्शटोल स्थायी ठेगाना भई काठमाण्डौमा कपडा पसल संचालन गरि उक्त कार्यको व्यवस्थापन गर्ने रंजित कुमार गुप्ता र मेरव बि २०४ पञ्चवटी अपार्टमेन्ट बिकासीपुरी दिल्ली भारत स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिकाको सनराईज टावर धोवीघाटमा बसोबास गरी सृजन शर्मा नाम गरेका व्यक्तिका नाममा दर्ता भएको पशुपति ट्रान्सपोर्ट सोलुशन नामको फर्मबाट कारोवार गर्ने तथा रजनिश कुमार गुप्ताभ र राजु थापा भन्नो राजेन्द्र थापाले यसरी फल्स बटमभित्र लुकाई पठाएको मालवस्तुहरुव्यवस्थापन गर्न मुख्य भूमिका खेल्ने कार्य गरेकोले निजहरुको हकमा उक्त बरामद विगोको अतिरिक्त उक्त ट्रकमा लुकाई छिपाई यो भन्दा पहिला पटक पटक गरी पाँच पटक चोरी पैठारी गरी नेपाल ल्याई बिक्री वितरण गरी सकेको माल वस्तुको भन्सार चोरी पैठारीको भन्सार विगो तीन करोड १९ लाख ७७ हजार तीन सय ७२ रुपैयाँ ऐनको दफा २ (छ१) बमोजिम विगो कायम गरी मालवस्तु बरामद नभएको दुुई करोड ६६ लाख ४७ हजार आठ सय १० रुपैयाँ समेत असुल उपर गरी गराई सोही ऐनको दफा २३(१) बमोजिम विगो बरावर जरिवाना हुन र असुल उपर गर्नुपर्ने विगोको हकमा दफा २३(४) बमोजिम व्याज सहित असुल उपर गरि पाउन तथा ऐनको दफा २३ (१) (ख) बमोजिम कैद सजाय समेत हुन साथै बरामद कपडा र उक्त कपडा ढुवानी गर्न प्रयोग भएको युपी ७८ सिएन ३४६५ नम्वरको भारतीय ट्रक समेत ऐनको दफा ३३ बमोजिम जफत गर्न मागदावी लिई यही भदौ पाँच गते उच्च अदालत पाटन, ललितपुरमा मुद्दा दायर गरिएका बिभागले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi