neapl investment mega bank
  • गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३३ लाख नाघ्यो (अपडेट)

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३३ लाख नाघ्यो (अपडेट)

Aug 23rd, 2020

काठमाडौं, भदौ ७

आधारभूमि संवाददाता

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३३ लाख नाघेको छ ।

नेपाली समय आइतबार १०:३० बजे सम्म विश्वभरीमा दुई करोड ३३ लाख ८२ हजार ७९ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ५९ लाख ८ हजार ५२५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ६४ हजार ८५७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार ७१५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ८ लाख ८ हजार ६९७ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ५८ लाख ४१ हजार ४२८ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ८० हजार १७४ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३५ लाख ८२ हजार ६९८ जना सङ्क्रमित भएका छन् भने १ लाख १४ हजार २२७ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको भारतमा ३० लाख ४४ हजार ९४० जना सङ्क्रमित भएका छन् भने ५६ हजार ८४६ जनाको मृत्यु भएको छ ।

स्रोत : वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/