neapl investment mega bank

सवारी दुर्घटना परी २ जनाको मृत्यु

Aug 22nd, 2020

काठमाडौं, ६ भदौ

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ बुलबुलिया चोकमा अन टेष्ट लेखिएको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार नेपालगंज उपमहानगरपालिका-९ बस्ने २५ बर्षीय सुरेश चदाराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

कञ्चनपुर, महाकाली नगरपालिका-६ आँमबगैंचा चोकमा युके ०६ एके ५८१२ नम्बरको मोटरसाइकलले युके ०६ एएफ ८४२६ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा युके ०६ एके ५८१२ नम्बरको मोटरसाइकलका चालक सोही नगरपालिका-१ बस्ने २० बर्षीय सागर बमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा हुँदै थप उपचारको लागि सेती प्रदेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार सोही नगरपालिका-६ बस्ने १९ बर्षीय कुमार बुढा क्षेत्रीको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल र युके ०६ ए एफ ८४२६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi