neapl investment mega bank
  • गृहपृष्ठ
  • शनिबार भक्तपुरमा थपिए ५० संक्रमित ,थप १ जना जनाको मृत्यु

शनिबार भक्तपुरमा थपिए ५० संक्रमित ,थप १ जना जनाको मृत्यु

Aug 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,६ भदौ

शनिबार भक्तपुरमा थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा १२ हजार ५१९ जनाको नमूना परीक्षण गर्दा भक्तपुरमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा भक्तपुरमा थप १ जनाको मृत्यु भएको छ ।यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छ । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi