neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु ,मृतकको संख्या १४६ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु ,मृतकको संख्या १४६ पुग्यो

Aug 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,६ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

शनिबार मृत्यु हुनेमध्ये एक महिला र ८ पुरुष रहेका छन् । मृत्यु हुनेमा सुनसरीकि ६ वर्षीय बालिका र ६७ वर्षीय पुरुष ,पर्साका ४८,६१, ५८ वर्षीय पुरुष, बाराका ५८ वर्षीय पुरुष, सिराहाका ६८ वर्षीय पुरुष , मकवानपुरका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छ ।

आज एकै दिन ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ३१ हजार ११७ पुगेको छ । त्यस्तै पछिल्लो १३६ घण्टामा २६४ जनाले कोरोना जितेका छन् ।योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १८ हजार ३५० पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi