neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए २१६ संक्रमित

Aug 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,६ भदौ

काठमाडौंमा थप २ सय १६ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा २ सय १६ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १६० ,भक्तपुरका ५० र ललितपुरका ६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।यसअघि शुक्रबार  उपत्यकामा २ सय ८ संक्रमित थपिएका थिए।

नेपालमा शनिबार थप ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३६ जनाले कोरोना जितेका छन् । हालसम्म ५ लाख ९२ हजार ४ सय १८ जनाको पिसिआर परीक्षण गरिएको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi