आधारभूमि संवाददाता
काठमाडौँ,५ भदौ
नेपालमा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप
११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।
शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष रहेका छन् । मृत्यु हुनेमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ ।
आज एकै दिन ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ । त्यस्तै पछिल्लो २५० घण्टामा २६४ जनाले कोरोना जितेका छन् ।योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १८ हजार २१४ पुगेको छ ।