neapl investment mega bank

ढिस्कोमा परी महिला बेपत्ता

Aug 21st, 2020


बनेपा, ५ भदौ /रासस

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ३ तीनघरेमा घाँस काट्न गएका एक महिला ढिस्कोमा परी हराईरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार अन्दाजी ५५ वर्षीया मैंया बजगाइँ बिहीबार दिउँसो घाँस काट्न जाने क्रममा माथिबाट खसेको ढिस्कोमा परेर बेपत्ता हुनुभएको हो । उहाँको खोजी कार्यको लागि नेपाली सेना र प्रहरीको टोली खटिएको भए पनि अझै फेला पार्न सकिएको छैन ।

हराईरहेकी बजगाइँको खोजी कार्यका लागि स्थानीयबासीन्दा र सुरक्षाकर्मीको टोली खटिएको भएपनि अझैसम्म फेला नपरेको वडा नं। ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहालले बताउनुभयो । कांक्रेबाट घाँस काट्न तीनघरे पुग्नु भएकी ती महिलालाई ढिस्कोले पुरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi