neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्स्बिच सम्झौता

सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्स्बिच सम्झौता

Aug 20th, 2020

काठमाडौ, भदौ ४

सिद्धार्थ बैंक लिमिटेडले बुुधबार सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रियस्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ ३६० ट्रान्सपोर्ट सोलुसन्स्सँग व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट सहायक महाप्रबंधक सुरेशराज महर्जन र ३६० ट्रान्सपोर्ट सोलुसन्स्कातर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले हस्ताक्षर गरेका हुन ।

सम्झौतापश्चात् ३६० ट्रान्सपोर्ट सोलुसन्स् अन्तर्गत सञ्चालनमा रहेको यातायातको साधनमा निकट भविष्यमा बैंकको पस मेसिन जडान गरिने र यात्रुहरुले स्मार्ट प्रिपेडकार्ड प्रयोग गरि पस मार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन । प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिने छ । बैंकको यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप डिजिटलाइजेसनको तर्फ क्रेन्द्रित रहेको र यस सेवाबाट नगद रहित कारोबारको उपयोग बढ्नुका साथै यात्रुहरुले केहिहदसम्म भएपनि बस भाडाका लागि खुद्राबोक्नुपर्न झन्जट नरहने विश्वास बैंकले लिएको छ ।