neapl investment mega bank
  • गृहपृष्ठ
  • दुई थान पेस्तोल र दश राउण्ड गोली सहित दुई जना मानिस पक्राउ

दुई थान पेस्तोल र दश राउण्ड गोली सहित दुई जना मानिस पक्राउ

Aug 20th, 2020

काठमाडौ, भदौ ४

दुई थान पेस्तोल र दश राउण्ड गोली सहित दुई जना मानिस पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाका अनुसार बुधबार हातहतियारको ओसार पसार तथा कारोबार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा अपराध महाशाखाबाट प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा खटिएको विशेष टोलीले का.जि.का.म.न.पा. वडा नं. १६ माछापोखरीबाट जिल्ला नुवाकोट शिखरबेसी ६ बस्ने बर्ष २७ को बिकेश पण्डितलाई मेड इन युुएसए लेखेको पेस्तोल २ थान, म्यागजिन २ थान सो पेस्तोलमा प्रयोग हुने गोली १० राउण्ड सहित पक्राउ गरिएको हो ।

पण्डितसंगको प्रारम्भिक सोधपुछको क्रममा उक्त हतियार ओसार पसार गराउन लगाउने व्यक्ति जिल्ला नुवाकोट लिपु गाउँपालिका १ बस्ने बर्ष २८ को अमर तामाङलाई यस कार्यालयबाट प्रहरी निरीक्षक भोला कुमार भट्टको कमाण्डमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँग समन्वय गरी निजलाई लिपु, नुवाकोट निजको घरबाट पक्राउ गरी यस महाशाखामा ल्याई थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा निज अमर सिंह तामाङ घले डाँका मुद्दामा छ बर्ष दुुई महिना कैद सजाँय भुक्तान गरी मिति २०७६।११।१२ गते थुना मुक्त भएको र जेल बसाईको क्रममा उक्त हतियारको बारेमा जेलमा रहेको लागु औषध मुद्दामा सजाँय भोगी रहेका धादिङ खाल्टे घर भएका राजकुमार गुरुङले बालाजु एरियामा लुकाई छिपाई राखेको हतियार अपराधिक मनसायले बोक्ने तथा ओसार पसार गर्ने कार्य गरेको बुझिएको छ । घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा सुक्ष्म अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi