neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु ,मृतकको संख्या १२६ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु ,मृतकको संख्या १२६ पुग्यो

Aug 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,४ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप
६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौँकी एक महिला,मकवानपुरका एक पुरुष ,सप्तरीका एक पुरुष, पर्साकी एक महिला र दुई पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ ।

आज एकै दिन ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २६४ जनाले कोरोना जितेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi