neapl investment mega bank

काठमाडौं उपत्यकामा थपिए २०० संक्रमित

Aug 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,४ भदौ

काठमाडौंमा थप २ सय जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा २ सय जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका १७४  ,भक्तपुरका ८  र ललितपुरका १८ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ८३२ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ११ हजार ७६८ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा सर्लाही,पर्सा, रौतहट, महोत्तरी,मोरंग र काठमाडौँ रहेका छन् ।हालसम्म ५ लाख ६५ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ। 

नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १७ हजार ९६४ पुगेको छ । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका जिल्लामा ,भोजपुर मनाङ, मुस्ताङ र हुम्ला रहेका छन् । नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १२६  पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi