आधारभूमि संवाददाता
ललितपुर, ४ भाद्र
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ७ स्थित गाई फार्ममा आगलागी भएको छ । उक्त गाई फार्ममा आज बिहान ६ बजे आगलागी भएको हो । दोलखा जिरी घर भएका तिर्थ बहादुर कार्कीले सानेपा बस्ने माधव बिष्टको जग्गा भाडामा लिई उक्तमा गाई फार्म संचालन गर्दै आएका थिए ।
आगलागीमा करिब ५ लाख बराबरको क्षती भएको संचालक कार्कीले आधारभूमिलाई जानकारी दिए । ग्यास लिक भएर आगलागी भएको र आगलागीमा गाई बस्तुमा कुनै पनि क्षती नभएको कार्कीले बताए ।