neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषि विकास बैक र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

कृषि विकास बैक र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

Aug 19th, 2020

काठमाडौ, भदौ ३

कृषि विकास बैक र इसेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता सँगै अब इसेवा मनि ट्रान्सफर मार्पmत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंक लि.का नेपालभर रहेका कुनै पनि शाखाहरुबाट सहज रुपमा भुक्तानी लिन सकिने छ । सम्मmौतापत्रमा कृषि विकास बैककातर्फबाट उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र इसेवा मनि ट्रान्सफरको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजेश कोईरालाले हस्ताक्षर गरेका हुुन ।

सम्झौता पश्चात् कृषि विकास बैकका उपमहाप्रवन्धक यज्ञ प्रकाश न्यौपानेले बैंक र इसेवाबीच पहिले देखि नै विभिन्न माध्यमबाट सहकार्य भईरहेकोमा अब रेमिट्यान्स् कारोवार मार्फत पनि सहकार्य अगाडी बढ्न लागेकोमा खुसि लागेको बताउनुभयो । उहाँले विषम परिस्थितिमा पनि रेमिट्यान्स् कार्यक्रमलाई अगाडी बढाएकोमा इसेवा मनिट्रान्सफर र बैकको डिजिटल बैकिङ्ग विभागका टिमलाई धन्यावाद दिए । सम्झौता कार्यक्रममा इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोईरालाले कृषिविकास बैंक जस्तो व्यापक संजाल भएको बैंक संग विष्रेषण कारोवारको लागि सहकार्य गर्न पाउँदा खुसि लागेको बताए ।

कार्यक्रममा कृषि विकास बैक डिजिटल बैकिड. विभागका विभागीय प्रमुख बाशुु अधिकारीले स्वागत मन्तव्य राख्दै कृषि विकास बैक पनि डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा आफनो पहुँच विस्तार गर्न अगाडी बढिरहेको र यसै क्रममा इसेवा मनिट्रान्सफरसंग विष्रेषण सम्मmौता भएको बताए । कार्यक्रममा कृषि विकास बैक डिजिटल बैकिङ्ग विभागका कृष्णप्रसाद नेपाल ,शान्ति प्रसाद रिजाल र इसेवामनि ट्रान्सफरका अविनास थापा लगायतको उपस्थिति थियो ।