neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल इन्भेष्टमेण्ट बैंक र वायर बार्लीबिच सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंक र वायर बार्लीबिच सम्झौता

Aug 19th, 2020

काठमाडौ, भदौ ३

विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लि.र वायर बार्लीबिच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको छ ।

सम्झौता पछि अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नाे खाता प्रयोग गरी वायर बार्ली को मोवाईल एप अथवा अनलाईन पोर्टल प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् । वायर बार्ली को मोवाईल एप गुगुल प्ले स्टोर, एप स्टोरबाट डाउनलोड गरी आफना मोवाईलमा इन्स्टल गर्न सकिन्छ ।

वायर बार्ली मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ । वायर बार्ली मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ । कोभिड १९ को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन वायर बार्ली को मोवाईल एप तथा अनलाईन पोर्टल प्रयोग गर्न हामी हाम्रा ग्राहकहरुलाई अनुरोध गर्दछौं तथा यस माध्यम छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न उपयुक्त रहेको जानकारी बैकले दिएको छ ।

देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा र १२४ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. र वायर बार्ली बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ ।

यस अघि नेपाल इन्भेष्मेण्ट बैंकले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले विभिन्न राष्ट्रमा बैंक तथा विप्रेषण प्रदायक कम्पनीहरु सँग सम्झौता गरि कारोवार गर्दै आएको छ । नेपाल इन्भेष्मेण्ट बैंकले भारतमा एक्सीस बैंक, अमेरिकामा पेवल (जुम) साउदी अरेबियामा बैैक अलिवाद (ईनाज) , अलराजी बैंक, साम्बा ग्रुप, यू.ए.इ मा वालस्ट्रिट एक्सचेन्ज कतारमा सिटी एक्सचेन्ज गल्भ एक्सचेन्ज, दक्षिण कोरियामा ई ९ पे रेमिटेन्स र यूरोप तथा अन्य मुलुकवाट सेवा दिन ट्रान्सफरसँग सहकार्य गर्दै आएको छ ।