काठमाडौ, भदौ ३
तारागाउँ रिजेन्सी होटल्सको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ ।सेयर रजिष्ट्रार अन्तर्गतको सबै काम गर्न होटल्सले उक्त क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
यससँगै एनआईसी एशिया क्यापिटलले भदौ ७ गते आइतबारदेखि कम्पनीको सेयर रजिष्ट्रारको काम गर्ने छ । जसअन्तर्गत धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी गर्ने कम्पनीले जनाएको छ ।
फोटो राख्ने