आधारभूमि संवाददाता
ललितपुर, भाद्र ३
ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ७ मा बसोबास गर्ने स्थानिय ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएपछि महालक्ष्मी नगरपालिका वडा नं ७ को कार्यलय भाद्र ४ गते देखि अर्को सूचना नभएसम्म बन्द हुने भएको छ ।
वडा कार्यलयले एक विज्ञप्ती जारी गर्दै यस विषयमा जानकारी गराएको हो । यसका साथै यस भयावह स्थितीबाट बच्नका लागि सचेत रहन र सामाजिक दुरी कायम गरि आफू र अरुलाई बचाउन वडा कार्यलयले वडाबासीहरुमा अनुरोध गरेको छ ।