neapl investment mega bank
  • गृहपृष्ठ
  • ठिमी जनस्वास्थ्य कार्यालयका कर्मचारीमा कोरोना पोजेटिभ

ठिमी जनस्वास्थ्य कार्यालयका कर्मचारीमा कोरोना पोजेटिभ

Aug 19th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौ ३

ठिमी जनस्वास्थ्य कार्यालयका एक कर्मचारीमा कोरोना पोजेटिभ पुष्टि भएको छ। निजलाई पाँच दिन अगाडी ज्वोरो तथा झाडापखला लागेपछि ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना गरिएको थियोे । निजलाई कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि ललितपुरस्थित पाटन अस्पतालमा स्वाब टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएको हो ।

संक्रमितको परिवारमा ९ जना सदस्य छन् । संक्रमित बस्ने घरमा बाँकी रहेका सबैलाई होम क्वारेन्टीनमा राख्नुका साथै संक्रमितको घर सिल गर्ने विषयमा छलफल भइरहेको र परिवारका अन्य सदस्यहरुको छिटै पी.सी.आर टेस्ट गर्ने महालक्ष्मी नगरपालिका वडा .नं. ७ का वडा अध्यक्ष नकुल थापाले आधारभूमिलाई जानकारी दिए। निजको स्वास्थ्य स्थिति सामान्य रहेको थापाले बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi