neapl investment mega bank
  • गृहपृष्ठ
  • ज्योति विकास बैंकका ग्राहकलाई सूर्या हेल्थकेयरमा २० प्रतिसत छुट

ज्योति विकास बैंकका ग्राहकलाई सूर्या हेल्थकेयरमा २० प्रतिसत छुट

Aug 18th, 2020

काठमाडौ, भदौ ३

ज्योति विकास बैंक र सूर्या हेल्थकेयरबिच मंगलबारको दिन बैंकका ग्राहकवर्गहरुलाई विशेष छुट प्रदान गर्नेगरि सम्झौता भएको छ । सो सम्झौता अन्तर्गत ज्योति विकास बैंकको डेबिट कार्ड भएका ग्राहकहरुले सूर्या हेल्थ केयरको सम्पूर्ण प्याथोलोजी सेवामा २० प्रतिशत छुट पाउनेछन् ।

सम्झौता पत्रमा ज्योतिका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा सूर्या हेल्थ केयरका तर्फबाट संस्थाका ल्याब मेनेजर श्री प्रमोद कुमार यादवले हस्ताक्षर गरेकाछन ।

काठमाडौंको लाजिम्पाटस्थित सूर्या हेल्थकेयरमा ज्योति विकास बैंकका ग्राहकले प्याथोलोजी सेवामा बैंकको डेविट कार्ड प्रस्तुत गर्ने बित्तिकै थप २० प्रतिशत छुट पाउनेछन् । बैंकका देशभर रहेका ग्राहकवर्गले सूर्या हेल्थकेयरमा सो छुट सेवाको लाभ लिनसक्नेछन ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु. ३१ अर्व लगानी गर्न सफल भएको छ ।