neapl investment mega bank

सार्वजनिक यातायात भदौ १५ सम्म बन्द

Aug 18th, 2020

भक्तपुर २ भदौ /रासस

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भएका सार्वजनिक यातायात आगामी १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग भएको छलफलबाट यस्तो निर्णय भएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ रोग नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौँ उपत्यकालगायत विभिन्न शहरमा दैनिक सयौँको सङ्ख्यामा सङ्क्रमित थपिरहेको तथा भक्तपुरमा पनि सङ्क्रमितहरु बढ्दै गएको देखिएकाले भक्तपुर नगरभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायात भदौ १५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi