आधारभूमि संवाददाता
काठमाडौँ,२ भदौ
नेपालमा कोरोना सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप
सात जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाँके र कास्कीका १–१ जना पुरुष र तनहुँकी एक महिला रहेका छन् ।यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८९ पुरुष र २५ महिला गरि ११४ पुगेको छ ।
आज एकै दिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएको यो संख्या हालसम्मकै बढी हो। त्यस्तै पछिल्लो २४ घण्टामा ८५ जनाले कोरोना जितेका छन् ।