neapl investment mega bank
  • गृहपृष्ठ
  • पिकअपको ठक्करबाट साइकल यात्रीको मृत्यु

पिकअपको ठक्करबाट साइकल यात्रीको मृत्यु

Aug 18th, 2020

सप्तरी, २ भदौ

खडक नगरपालिका-३ बनरझुलामा को.२ च १०२८ नम्बरको पिकअप गाडीले सोमबार राति ठक्कर दिँदा सोही नगरपालिका-४ अमहा बस्ने ५० वर्षीय साइकलयात्री मुखाई चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

सोही पिकअपले ठक्कर दिँदा घाइते भएका अर्का साइकलयात्री सोही ठाउँ बस्ने ४९ वर्षीय संजय चौधरीको स्थानीय ईन्द्रेणी पोली क्लिनिक खरचुईयामा उपचार भइरहेको छ । पिकअप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi