neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध उत्खननमा संलग्न ट्रयाक्टर तथा टिपर नियन्त्रणमा

अवैध उत्खननमा संलग्न ट्रयाक्टर तथा टिपर नियन्त्रणमा

Aug 18th, 2020

मोरङ, २ भदौ

सुन्दरहरैचा नगरपालिका-४ गोकुलमबाट अबैध रुपमा बालुवा लोड गरी लैजाँदै गरेका को.२ त ५५३५ नम्बरको ट्रयाक्टर तथा ट्रयाक्टरका चालक सोही स्थान बस्ने ३७ वर्षीय दिनेश मगर र को।१ ख ५२२६ नम्बरको टिपर सहित चालक धनकुटा सागुरीगढी गाउँपालिका-१ बस्ने ४० वर्षीय योगेन्द्र लिम्बुलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा बालुवा लोड गरी लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले फेला पारी चालकलाई सवारी साधन सहित नियन्त्रणमा लिएको हो ।

साथै केराबारी गाउँपालिका-८ स्थित खदम खोलामा अवैध रुपमा ढुङगा लोड गरिरहेको अवस्थामा प्रदेश नम्बर-१-०२-००३ त ०४३६ नम्बरको ट्रयाक्टरलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उक्त ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका सवारी साधन र चालकलाई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi