neapl investment mega bank
  • गृहपृष्ठ
  • चित्तल मारी लैजाँदै गरेको अवस्थामा दुई जना पक्राउ

चित्तल मारी लैजाँदै गरेको अवस्थामा दुई जना पक्राउ

Aug 18th, 2020

मोरङ, २ भदौ

पथरी शनिश्चरे नगरपालिका-२ स्थित हरियाली सामुदायिक वनमा पासो थापी चित्तल मारेर लैजाँदै गरेको अवस्थामा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २६ वर्षीय चित्र कुमार श्रेष्ठ र भोजपुर बलगाउँ घर भएका २१ वर्षीय बिकास राई रहेका छन् । करिब ३ वर्षको पोथी चित्तल मारी लाँदै गरेको अवस्थामा वनका कर्मचारी तथा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको संयुक्त टोलीले फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई मृत्त चित्तलसहित आवश्यक कारबाहीको लागि सव डिभिजन कार्यालय पथरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi