neapl investment mega bank

प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण

Aug 17th, 2020

काठमाडौ, भदौ १

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सोमबार काभ्रेपलाञ्चोक जिल्लास्थित श्री नं.२६ बाहिनी अड्डा र श्री विष्णुदल गणको निरीक्षण भ्रमण गरेकाछन ।

निरीक्षण भ्रमणको दौरान प्रधानसेनापति महारथी थापाले विष्णुदल गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो भने श्री नं.२६ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेका थिए ।