neapl investment mega bank

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

Aug 17th, 2020

सिरहा, भदौ १

सिरहा जिल्लाको नवराजपुर गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट साउन ३२ गते एपीएफ टोलीले ९ बोतल डाईलेक्स डिसीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको सखुवानान्कारकट्टी गाँउपालिका १ बस्ने २६ बर्षिय रविन्द्र मण्डल छन् । सशस्त्र प्रहरी बल नेपाल, फरवार्ड सुरक्षा बेस झाझपट्टीबाट खटिएको एपीएफ टोलीले निज मण्डललाई जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका मण्डललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi