neapl investment mega bank
  • गृहपृष्ठ
  • मरेका कुखुराको मासु विक्री गरेको अभियोगमा पक्राउ

मरेका कुखुराको मासु विक्री गरेको अभियोगमा पक्राउ

Aug 17th, 2020

काठमाडौं, १ भदौ

काठमाडौं महानगरपालिका-३१ प्रयाग मार्गस्थित बिएण्डबी मीट मार्टका सञ्चालक काभ्रे पनौती नगरपालिका-१० घर भएका ३३ वर्षीय कृष्णचरण गोछेलाई मरेका कुखुराको मासु विक्री गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त मासु पसलमा करिब १ हजार किलोग्राम मरेका कुखुरा बिक्रीको लागि राखिएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले गोछेलाई नियन्त्रणमा लिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिको उपस्थितिमा उक्त मासु खाल्डोमा पुरेर नष्ट गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi