neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु ,मृतकको संख्या १०७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु ,मृतकको संख्या १०७ पुग्यो

Aug 17th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,१ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप
तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय एक पुरुष , मोरंगका ६० वर्षीय एक पुरुष र काठमाडौंकी  ५८ वर्षीय एक महिला रहेका छन् ।यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८३ पुरुष र २४ महिला गरि १०७ पुगेको छ ।

आज थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६० जनाले कोरोना जितेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi