काठमाडौ, भदौ १
नागरिक लगानी कोष र आरबीबी मर्चेन्ट बैंकिङबिच सम्झौता भएको छ । नागरिक लगानी कोषले एक कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्न लागि आरबीबी मर्चेन्टसंग सम्झौता गरेको हो ।
प्रति शेयर एक सयका दरले एक करोड ३५ लाख ९२ हजार पाँच सय ९२ कित्ता बराबरको एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार दुइ सय रुपैयाँ बराबरको हकप्रद शेयर निश्काशन गर्न लागेको हो ।
उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ । हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुुन ।