आधारभूमि संवाददाता
काठमाडौं, भदौ १
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख ७३ हजार ०७२ व्यक्तिको मृत्यु भएको छ ।
नेपाली समय सोमबार १०:३० बजे सम्म विश्वभरीमा दुई करोड १८ लाख २६ हजार ४५० जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ४५ लाख ६४ हजार १८४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ८९ हजार १९४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ५५ लाख ६६ हजार ६३२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ७३ हजार १२८ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३३ लाख ४० हजार १९७ जना सङ्क्रमित भएका छन् भने १ लाख ७ हजार ८७९ जनाको मृत्यु भएको छ ।
त्यसतै तेस्रो धेरै प्रभावित भएको भारतमा २६ लाख ४७ हजार ६६३ जना सङ्क्रमित भएका छन् भने ५१ हजार४५ जनाको मृत्यु भएको छ ।
स्रोत : वर्ल्डोमीटर
https://www.worldometers.info/coronavirus/