कालिकोट, ३२ साउन
अछाम र कालिकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा पन्चदेवल विनायक नगरपालिका-९ तानकोट बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, १ वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहराको शनिबार साँझ मृत्यु भएको छ । खोला तर्नेक्रममा बगाई उनीहरूको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।