neapl investment mega bank

पहिरोमा पुरिएका १९ जनाको शब फेला

Aug 16th, 2020

सिन्धुपाल्चोक, साउन ३२

सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका २ स्थित गोल्छे लिदीमा हालै गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु मध्ये १९ जनाको शब फेला पारिएको छ । सो पहिरोमा परी अन्य २० जना हराईरहेका छन् । उक्त पहिरोमा कुल ३९ जना पुरिएका थिए ।

उक्त पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यको लागि सो पहिरो गए लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोकबाट एपीएफ टोली खटिएको थियो ।
उक्त पहिरोमा परी बेपत्ता रहेकाहरुको खोजी तथा उद्धार कार्यमा एपीएफ टोली सकृयताका साथ जुटेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi