neapl investment mega bank
  • गृहपृष्ठ
  • अनलाईन ठगी गर्ने र नक्कली मुद्राको कारोवार गर्ने विदेशी नागरिक पक्राउ

अनलाईन ठगी गर्ने र नक्कली मुद्राको कारोवार गर्ने विदेशी नागरिक पक्राउ

Aug 16th, 2020

काठमाडौ, साउन ३२

अनलाईन ठगी गर्ने र नक्कली मुद्राको कारोवार गर्ने विदेशी नागरिक पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाका अनुसार ठगी कार्यमा संलग्न रहेको अभियोगमा बिदेशी नागरिक मार्के एरोन पक्राउ परेकाछन ।

प्रहरीका अनुसार पिडित युवतिले प्रयोग गर्ने सामाजिक सन्जाल इन्स्ट्राग्राममा मार्के एरोन नाम गरेको व्यक्तिले चिनजान गरी आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर हो, नेपाल आएर तपाईलाई विवाह गर्छु भनि बिश्वास दिलाई विभिन्न व्यक्तिहरुको नामबाट कुराकानी गरी नयाँ बर्षको अवसरमा हिराको औठी, घडि, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड समेत पठाएको छु भनि सामानको पार्सलको फोटो समेत पठाई प्रलोभन देखाई विश्वासमा पारी सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनको लागि रकम आवश्यक पर्यो भनि पटकपटक गरी पिडित युवतिलाई जम्मा रु. ४८ लाख ५४ हजार चार सय २० रुपैयाँ पठाउन लगाई लिई ठगी गरेको कसूरमा एंगोलामा सिल्भा एन्टोनिया डि कास्टा समेतको संलग्नता रहको खुल्न आएकोमा २० लाख रुपैयाँ भन्सार छुटाउनको लागी आवश्यक परेको भनि वानेश्वर एभरेष्ट होटलमा बोलाई सो होटलमा पुगि सम्पर्क गर्दा पुनः होटल सोल्टिमा बोलाएकोमा महाशाखाबाट खटिएको टोलीले यही साउन ३० गते शनिवार निजलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको कोठा खानतलासी गर्दा नेपाली रुपैयाँ तीन लाख १५ हजार सात सय ४५ रुपैयाँ, अमेरिकन डलर नौ सय, नक्कली जस्तो देखिने एक हजार दरको नेपाली रुपैयाँ, नोट आकारको कागजी बण्डल लगायतका बस्तुुहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान पश्चातः ठगी र खोटा मुद्रा बनाउन नहुने कसूर समेतमा थप अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर काठमाण्डौप ठाईएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा निजले सोही दिन एक युवतीबाट पनि ३७ हजार नगद यस्तै गरी ठगी प्रलोभन दिएर बुझेको पाईएको छ । निजले नक्कली नोट बनाउने गरेको देखिएकोमा नक्कली नोट बनाउन प्रयोग हुन केमिकल तथा कागज समेत बरामद गरिएको थियो । निजको सम्पर्कमा रहेका अन्य व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भईरहेको र निज मिति २०७६ फाल्गुण २४ गते नेपाल आएको देखिएको र निजलाई सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप प्रदान भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi