neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु ,मृतकको संख्या १०४ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु ,मृतकको संख्या १०४ पुग्यो

Aug 16th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३२ साउन

नेपालमा कोरोना सङ्क्रमणबाट थप दुई  जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप
दुई  जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा पर्साका एक  पुरुष र मोरंगका एक जना महिला रहेका छन् ।यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८१ पुरुष र २३ महिला गरि १०४ पुगेको छ ।

आज थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १३४ जनाले कोरोना जितेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi