neapl investment mega bank
  • गृहपृष्ठ
  • सिन्धुपाल्चोकमा नेपाली सेनाद्धारा खोज तथा उद्धार कार्य जारी

सिन्धुपाल्चोकमा नेपाली सेनाद्धारा खोज तथा उद्धार कार्य जारी

Aug 14th, 2020

काठमाडौ, साउन ३०

सिन्धुपाल्चोकमा नेपाली सेनाले खोज तथा उद्धार कार्य जारी राखेको छ । साउन ३० गते अर्थात आज बिहान ६ः३०बजे सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं.२ मा गएको पहिरोमा परि पुरिएका ३८ जनामध्ये ११ जनाको शव नेपाली सेनाको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाहरुको सहयोगमा फेला पारेको छ ।

नेपाली सेनाको गोरखबक्स गणबाट सह सेनानीको कमाण्डमा खट्टिएका २५ जनाको खोज तथा उद्धार टोलिले बाकिं हराईरहेका २७ जनाको खोजी कार्य जारी राखेको सेनाले जनाएको छ । आज विहान गएको सुख्खा पहिरोमा परि ३७ वटा घर पुरिएको थियो । उक्त स्थानमा नेपाली सेनाको हेलिकप्टरद्वारा राहत सामग्री पुर्या्एको छ ।