neapl investment mega bank
  • गृहपृष्ठ
  • लिदी पहिरो : पाँचको शव फेला, ३३ अझै बेपत्ता

लिदी पहिरो : पाँचको शव फेला, ३३ अझै बेपत्ता

Aug 14th, 2020

सिन्धुपाल्चोक, ३० साउन /रासस

जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो । घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi